काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।…