काठमाडौं, असार ९ । सांसदहरुले सरकार जनताको करबाट संकलित राज्य कोष उल्फाको धनका रुपमा उडाउनमा उद्दत रहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्ने सांसदहरुले कोरोना संक्रमण रोकथामका लागि पैसा छैन भन्ने सरकारले मनपरी ढुकुटीको रकम खर्च गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसीकी सांसद रंगमती शाहीले सरकारले राष्ट्रपतिको कार्पेट फेर्न करोडौं…