काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले सोमबार काठमाडौं निर्वाचन क्षेत्र–८ मा घरदैलो कार्यक्रम गर्दै निःशुल्क मास्क, अक्सिमिटर, स्यानिटाइजर र औषधि वितरण सुरु गर्नुभएको हो । अभियानअन्तर्गत् संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट…