काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । नागरिकता विधेयकबारे टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठकले सात वर्षपछि मात्रै नागरिकता दिनुपर्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। विदेशी ज्वाइँलाई…