काठमाडौं । मध्य फिलिपिन्समा आज शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्र नजिक रहेको थियो…