काठमाडौं । भारत सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्टसहितका अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले आगामी दिनमा भारतले बाचा गरेको र खरिद गरेको कोभिशिल्ड…