सभापतिमा साझा उम्मेदवार तय गर्न छलफल गर्न नेताहरु पौडेल निवासमा « Image Khabar


सभापतिमा साझा उम्मेदवार तय गर्न छलफल गर्न नेताहरु पौडेल निवासमा


0
Shares

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पुग्नु भएका छन् ।

आज बिहान साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरु बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापालगायत पौडेल निवास पुग्नु भएका हुन् ।

महाधिवेशन औपचारिक रुपमा सुरु हुन लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन् ।

संस्थापन इतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् ।