उदयपुर, कात्तिक ७ । उदयपुरका विभिन्न स्थानमा अवैधानिक रुपमा पोलिक्लिनिक र औषधि पसल सञ्चालनमा आएका छन् । अनुगमनमा कडाई नहुँदा अवैधानिक रुपमा पोलिक्लिनिक र मेडिकल सञ्चालनमा आएका हुन् । पोलिक्लिनिक सञ्चालनका लागी न्यूनतम एक मेडिकल अफिसर, ओपिडि कक्ष, प्रयोगशाला, एक्सरे, रेडियोइमेजिङ, औषधिपसल, परिवार नियोजन सेवासहितको सुविधा उपलब्ध हुनु अनिवार्य छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयबाट…