गोरखा, कात्तिक १७ । तीन दिनदेखि सुत्केरीव्यथाले थलापरेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । सुत्केरीव्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पुर्याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए । आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट बुधबार दिउँसो काठमाडौं लगिएको हो । ‘रु एक लाख…