चितवन, असोज १ । गत वैशाखदेखि देखिएको स्क्रब टाइफस रोगबाट हालसम्म चितवनमा २०५ जना प्रभावित भएका छन् । तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीकाअनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी…