काठमाडौं, असोज ११ । गत शनिबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकोक्रममा दुई वर्षीय बालकको निधन भएपछि भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘चिकित्सकीय धर्म निर्वाह गर्दा गर्दै कसैको मृत्यु हुन्छ भने त्यसमा चिकित्सकको कुनै दोष नहुने भएपनि मानवीय त्रुटि हुन सक्नेतर्फ सचेत रहँदै ऐनअनुसार अगाडि बढ्नुपर्नेमा सो घटनालाई अतिरन्जित गरिएको’…