महोत्तरी, कात्तिक १२ । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडा–पखालाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए । झाडा–पाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि विहीबार राति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । झाडापाखालाबाट सो…