दुई वर्षसम्म स्वास्थ्य सेवाबाट वञ्चित लाङटाङका बासिन्दाले संस्थामार्फत स्वास्थ्यकर्मीको तलव भत्ता बेहोर्ने गरी स्वास्थ्य सेवा सञ्चालन गर्न भवन निर्माण गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएपछि स्वास्थ्य सेवा सुरु गरिएको हो । भूकम्पसँगै आएको हिउँपहिरोले स्वास्थ्य चौकीमा पूर्ण क्षति पुग्नुको साथै पाँच जना स्वास्थ्यकर्मीको समेत ज्यान गएपछि सुरक्षाको कारण देखाउँदै सरकारी स्वास्थकर्मी जान आनाकानी गरेकाले स्थानीयले…