Logo १० आश्विन २०८२, शुक्रबार | Sat Sep 27 2025


भ्यागुते रोगले बालकको मृत्यु

जल्पा–२ पाल्पा बस्ने आठ वर्षीय कमल बाह्रघरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा भ्यागुते रोगको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामै भ्यागुते रोगको घटना पहिलोपटक घटेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । यो रोग ब्याक्टेरियाको संक्रमणका कारण घाँटी सुन्निने र श्वाप्रस्वासमा समस्या आउने गर्दछ । रासस