खुट्टा भाँचिएर चारदिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएकी सोलुखुम्बुकी ११ वर्षीया अन्जना विष्टलाई अस्पतालले दिएको औषधि सेवनका कारण मृत्यु भएको आरोप परिवारजनको छ । उनीहरुले अस्पताल परिसरमै रहेको औषधि पसलले म्याद नाघेको औषधि दिएका कारण मृत्यु भएको दाबी गरेका छन् । यद्यपी अस्पताल प्रशासनले भने खुट्टाको उपचार गरेर घर फर्किएकी बालिकालाई पुनः दुईदिनपछि जटिल अवस्थामा…