काठमाडौं । आज विश्व पोलियो दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । यसैबीच रोटरी इन्टरनेशनल नेपालले ललितपुरमा एक कार्यक्रम गरी आफुहरुको अभियानले बालबालिकालाई समयमै पोलियो खोप दिनुपर्छ भन्ने चेतना अभिभावकमा आएको जनाएको छ…