काठमाडौं । मौसमी रुघाखोकीले प्रभावित हुम्लाको ताजाकोटमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरबाट औषधिसहित चार जना चिकित्सकको टोली पठाएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट औषधि र चिकित्सक पठाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारको समन्वयमा प्रभावित क्षेत्रमा चिकित्सकको टोली औषधिसहित पठाइएको जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा.टेकराज भट्टराई, डा.केएन पौडेल,…