सर्लाही । जनप्रतिनिधिबीचको विवादले भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा नगरपालिकामा स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएको छ । नगरप्रमुख र वडाध्यक्षले आ–आफ्नो किसिमले स्वास्थ्य संस्था सञ्चालन गर्न खोज्दा स्वास्थ्यकर्मी पनि अन्यौलमा परेका छन् । फरक–फरक पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षबीचको विवादले बलरा नगरपालिकाको कार्यालयमा पटक–पटक तालाबन्दी हुँदै आएको छ । जनप्रतिनिधिबीच बढ्दो विवाद पछिल्लो समय…