अर्घाखाँची, वैशाख २४ । यूएईमा कार्यरत् अर्घाखाँचीका दुईजनाको मृत्यु भएको छ । दुईमध्ये एकको कोरोनाको कारण मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–८, नुवाकोट, च्युरामाटीका युवराज गैरे हुन् । दुबईमा १५ वर्षदेखि कार्यरत् ४७ वर्षीय गैरेको वैशाख २१ गते कोरोनाको कारण मृत्यु भएको बताइएको छ । स्वास फेर्न गाह्रो…