Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


शिक्षण अस्पतालले भन्यो–‘अस्पतालकर्मीमा कोभिड–१९ संक्रमण छैन’

काठमाडौं, जेठ ३ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनैपनि अस्पतालकर्मी ‘कोभिड–१९’ बाट संक्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत् कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खन्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा संक्रमण नदेखिएको जानकारी दिए । सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने भन्दै…