डडेल्धुरा । डडेल्धुरा अस्पतालका चार चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचार गराउन आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । स्क्रब टाइफसको उपचार गराउन आएका परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्काइए पनि शुक्रबार मात्र परीक्षण प्रतिवेदनले कोरोना पुष्टि गरेको हो…