काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि लगाउँदै छ । सरकारले गत असारमा चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो ।दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ । खोपका लागि कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा थापाथलीस्थित…