Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


हंगेरीद्वारा नेपाललाई १ लाख थान मास्क सहयोग

काठमाडौं । हंगेरी सरकारले नेपाललाई १ लाख थान मास्क सहयोग गरेको छ । कोभिड–१९ विरुद्धको लडाइँमा सहजताका लागि हंगेरीले १ लाख थान केएन९५ मास्क सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मास्क नेपालको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले सहयोगका लागि हंगेरी सरकारलाई धन्यवाद…