काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुंगिएपछि यहाँका कर्मचारी आजबाट काममा फर्किएका छन् । शनिबार प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत् शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमति भएपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुंगिएको हो । सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक आजदेखि नियमित काममा फर्केका हुन् ।…