काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको छ । चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई थियो । मंगलबार अपरान्ह जलन पीडितहरुसँगको छलफलमा…