Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सेनाले दिएको रगतले सुत्केरी बाँचिन्

बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरी मृत्यु हुनबाट जोगिएकी छिन् । जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राब भएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेलाई नेपाली सेनाले गरेको रक्तदानले बचाएको अस्पतालले जनाएको छ । सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टिकाराम विकले एक/एक पिन्ट दिएको रगतले सुत्केरीको…