काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नु भएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले…