रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५ सिटका लागि २५० भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिस्पर्धा गर्न उत्रिएकाहरु धेरैजसो पुरानै अनुहारका रहेका हुन् । पूर्वमन्त्री, पूर्वसांसद र पार्टीका प्रभावशाली नेताहरु नै मैदानमा उत्रिएका हुन् । प्रतिनिधिसभातर्फ रुपन्देही–३ बाट नेपाली कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं…