६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


ताप्लेजुङमा नमूना मतदान गराइयो, मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

फुङ्लिङ नगरपालिकामा गरिएको नमूना मतदानमा ३६ प्रतिशत मत बदर भयो । योसँगै मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरिएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन अरु उपाय पनि अबलम्बन गरिने जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए । १ सय १४ मतदान केन्द्र रहेको जिल्लामा एक केन्द्र एक मतदाता शिक्षा परिचालन गरिएको छ ।