प्रत्येक मतदातालाई मत हाल्ने तरिका सिकाउन रुपन्देहीमा ५९५ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाका सहजकर्ताले दुई चरणमा गाउँपालिकाका विभिन्न वडाको टोलमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ ।