स्थानीय तहको निर्वाचनभन्दा करिब १० प्रतिशत कम मत खस्नुको कारणबारे विश्लेषणहरु हुन थालेका हुन् । तर, विज्ञहरुले भने ६५ प्रतिशत मतदान हुनुलाई उत्साहकजनकरुपमा लिनुपर्ने बताएका छन् । त्रास र प्रतिकूल मौसमका बाबजुद् पनि पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । निर्वाचनमा मतदाताले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति पाउन नसक्दा पनि केही कम…