बाँफीकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाका दुई केन्द्रमा पुनः मतदान सम्पन्न भएको हो । ६७२ मतदाता रहेको बाँफीकोेट गाउँपालिकामा शुक्रबार ३९७ मत खसेको बाँफीकोट मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए । यस्तै, ७५६ मतदाता रहेको आठबीसकोट नगरपालिकामा ३२१ मत खसेको जनाइएको छ । मंसिर १० मतदानकाक्रममा बाँफीकोट गाउँपालिका–५ मा रहेको रत्न निम्न माध्यामिक विद्यालय काँडा…