माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीकाअनुसार १५ ओटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुंगो लगाइएको छ । दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० ओटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुंगो लागेको छ । यस्तै, अर्जुनधारा नगरपालिकाको…