२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


रसुवाका केही वडामा दलित उम्मेदवारको मनोनयन परेन

जिल्लाको उत्तरी भेगका केही वडामा वडा सदस्यका लागि दलित उम्मेदवारको मनोनयन नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । ५ ओटा गाउँपालिका रहेको रसुवामा कुल २७ हजार ७ सय ५६ मतदाता छन् भने स्थानीय तहको निर्वाचनमा १५५ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । रसुवामा ३४ मतदानस्थल र ४२ मतदान केन्द्र तोकिएको छ ।