मंगलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् । प्रमुख पदमा उम्मेदवारी दिएका चारजनाले फिर्ता लिएका छन् । नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंखरापुरका प्रमुखमा स्वतन्त्र उम्मेदवारी…