नेकपा एमालेका तर्फबाट सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले नगरलाई लोडसेडिङमुक्त गराउने भन्दै ‘सिद्धार्थनगर–उज्यालो सहर’ नारासहित घरदैलो अभियान चलाएका छन् । एमाले मेयरका उम्मेदवार हरिप्रसाद अधिकारीले आफूले जितेपछि नगरलाई उज्यालो सहर बनाउने बताए । बुधबार भैरहवामा भएको मतदातासँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताउका हुन् । यस्तै, माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिकाका मेयरका उम्मेदवार फैज अहमद खाँनले…