एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर राई १००३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८७१ मत प्राप्त गरे । खड्का नेपाली कांग्रेसको बागी उम्मेदवारकोरुपमा स्वतन्त्रबाट उम्मेदवार भएका थिए । यस्तै, उपाध्यक्षमा एमालकै लक्ष्मी बस्नेत १६७३ मतसहित विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खिलराज बस्नेतले ८४३ मत प्राप्त गरे ।…