सर्लाहीका राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । सर्लाहीका विभिन्न चोक तथा टोल विभिन्न दलका झन्डा र ब्यानरले झकिझकाउ भएका छन् । उम्मेदवारहरु आ–आफ्नो चुनावी घोषणापत्र लिएर मतदातालाई रिझाउने प्रयासमा लागेका छन् । उनीहरुले मतपत्रसमेत सँगै लिएर मतदातालाई शिक्षासमेत दिइरहेका छन् । जताततै टाँगिएका निर्वाचन प्रचार सामग्रीका कारण निर्वाचनको माहोल बन्दै गएको…