ठूलो मतपत्र र चुनाव चिह्न धेरै भएकाले मतदातामा अन्योल नहोस् भन्न जिल्ला निर्वाचन कार्यालयले गाउँ–टोलमा पुगेर मतदाता शिक्षा तथा नमुना मतदान गराइराखेको हो । यसैक्रममा शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका जमुनीटोलका स्थानीयलाई कसरी सही तरिकाले मतदान गर्ने भन्नेबारे जानकारी गराउँदै नमुना मतदान गरियो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेशकुमार ठाकुरकाअनुसार ५८ जना मतदातालाई सहभागी गराइ…