निर्वाचन आयोगकाअनुसार अध्यादेश राजपत्रमा प्रकाशित भएपछि निर्वाचनको मिति तोक्ने तथा निर्वाचन कार्यक्रम तय गर्ने प्रक्रिया अघि बढ्नेछ । जसका लागि अध्यादेश जारी भएलगत्तै परामर्श सुरु भइसकेको छ । निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था अध्यादेशमा छ । अध्यादेशअनुसार निर्वाचन मिति तोकिएपछि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारविरुद्धको उजुरी, उम्मेदवारको नाम…