सिन्धुली, भदौ १६ । जिल्ला मातपोत कार्यालय सिन्धुलीमा अंशबन्डा गर्नेहरुको घुइँचो लाग्न थालेको छ । भूकम्पप्रभावितलाई घर निर्माण गर्न जग्गाधनी प्रमाणपूर्जा आवश्यक भएपछि मालपोत कार्यालयमा अंशबन्डा गर्नेहरुको भीड बढेको हो । व्यवहारिकरुपमा छुट्टिएर बसेका तर कानुनीरुपमा अंशबन्डा नगरेकाहरुले प्रक्रिया पुर्याएरै अंशबन्डा गर्न थालेका छन् । सेवाग्राहीको भीड बढ्दै गएपछि कार्यालयका कर्मचारीलाई भ्याइ–नभ्याइ भएको छ ।…