
महोत्तरी, भदौ १६ । महोत्तरी जिल्लाको पिपरा गाविसमा बुधबार राति एक बोर्डिङ स्कुलको पर्खाल भत्किँदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महिला धनकार बुधबार राति ८ बजेको समयमा घरनजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्किँदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस
प्रतिक्रिया दिनुहोस्