Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


फिफा विश्वकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश

घानाकाे भने लज्जास्पद हार

26
Shares

काठमाडौं । क्रोएसिया घानालाई पराजित गर्दै फिफा विश्वकप फिटुबल २०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

फिलाडेल्फियामा शनिबार राति भएको समूह ‘एल’ को निर्णायक खेलमा क्रोएसिया निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले घानालाई २–१ गाेल अन्तरले पराजित गर्दै कआउट चरणमा प्रवेश गरेकाे हाे । ज्लाट्को डालिचको टोली क्रोएसियालाई अर्को चरणमा पुग्न हारबाट जोगिनु पर्ने समीकरण थियो ।

खेल सकिन सात मिनेट बाँकी छँदा भ्लासिचले हेडिङमार्फत गोल गरेपछि क्रोएसिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । यसै समूहको अर्को खेलमा पनामालाई हराएको इंग्ल्यान्ड समूह विजेता बन्यो । बराबरीपछि घानाले खेलमा पकड बनाउन खोजे पनि ८३ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिचको उत्कृष्ट क्रसमा निकोला भ्लासिचले हेडिङमार्फत गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

यो हारका बाबजुद घाना तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूमध्ये एक बन्दै अन्तिम ३२ मा पुग्न सफल भएको छ । क्रोएसियाको यो जितसँगै समूह चरणबाटै स्कटल्यान्ड बाहिरिएको छ ।