
नेपालगन्ज, भदौ १६ । नेपालगन्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रवादी समूहका कार्यकर्ताबीच झडप भएको छ ।
राष्ट्रवादी युवा समूहले धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
झडपमा परी सात जना घाइते भएका छन् । यद्यपी युवा समूहले वीरेन्द्रको शालिक भने राखेका छन् ।
यसअघि पनि सोही स्थानमा वीरेन्द्रको शालिक रहेकोमा दोस्रो जनआन्दोलनपछि तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले भत्काइदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्