दोलखा पहिरोमा तीनको मृत्यु, चारजना बेपत्ता • Image Khabar Image Khabar


दोलखा पहिरोमा तीनको मृत्यु, चारजना बेपत्ता


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार २१:१२

दोलखा पहिरोमा तीनको मृत्यु, चारजना बेपत्ता

रवीन्द्र गौतम (इमेज)
दोलखा, भदौ १६ । दोलखाको लामाबगर–४ छेचोतमा बुधबार राति गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । पहिरोले पुरिएका चारजना बेपत्ता छन् ।

मृत्यु हुनेमा स्थानीय मंगले तामाङकी श्रीमती पातामाया, छोरा बडुले तामाङ र सोही ठाउँ पसल गरेर बसेकी गौरीशंकर–४ सिमिगाउँकी पेममाया तामाङ छन् ।

बेपत्ता हुनेमा स्थानीय मंगले तामाङ, उनको २ वर्षीय छोरा छेसाङ, छोरी प्रिसी र मंगलेकी सासु ७० वर्षीया सतमाई तामाङ छन् ।

पहिरोमा परी गम्भीर घाइते भएकी सिनो हाइड्रोको कर्मचारी चिनियाँ नागरिक वाइजुलियाङलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

हराइरहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्