२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दोलखामा पहिरोमा परी दुईको मृत्यु, ६ जना बेपत्ता


0
Shares

दोलखा, भदौ १६ । दोलखाको लामाबगर–४ मा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति गएको पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन् । पहिरोले चार वटा घर बगाउँदा २० वर्षीय जोतुले तामाङको मृत्यु भएको छ ।

अर्का एक मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

हराइ रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चारैतिर पहिरो गएकाले उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।