माछापालनप्रतिको बढ्दो आकर्षण तथा तरकारी, फलफुल र बालीनालीमा सिंचाई र बस्तुभाउलाई पानी खुवाउन सजिलो हुनेगरी घर नजिकै पोखरी निर्माण गरिएका छन् । किसानले पोखरीमा माछापालन गरेर आम्दानी गरेका छन् भने संकलित पानी प्रयोग गरेर तरकारी र फलफुल खेती सिंचित गरेका छन् । पोखरीमा संचित पानीले गाईभैँसी तथा बाख्रालाई खुवाउन समेत सजिलो भएको किसानको भनाइ छ…