कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Image Khabar


कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


Imagekhabar
४ माघ २०७४, बिहीबार ०९:४६

मोटरसाइकल चालक शिवराजनगरपालिका–१ माझगाउँ बस्ने २६ बर्षीय खुमनसिंह पुनको दुर्घटनामा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु२त ५७१३ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु५प ८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्