‘जनता आवास कार्यक्रम’ ले समयमै घर नबनाउँदा मुसहर समुदाय बिचल्लीमा • Image Khabar Image Khabar


‘जनता आवास कार्यक्रम’ ले समयमै घर नबनाउँदा मुसहर समुदाय बिचल्लीमा


Imagekhabar
४ माघ २०७४, बिहीबार ०८:५१

‘जनता आवास कार्यक्रम’ ले समयमै घर नबनाउँदा मुसहर समुदाय बिचल्लीमा

‘जनता आवास कार्यक्रम’ को भरपर्दा छिन्नमस्ता गाउँपालिका वडा नम्वर ५ लोखरमका ३० परिवार मुसहर जाडो मौसममा घरविहीन भई कष्टकर जीवन बिताउन बाध्य छन् ।

सुरक्षित घर बनाइदिने सरकारी आश्वासनपछि उनीहरुले घर भत्काएका थिए ।

तर ५ महिनासम्म नयाँ घर नबनाईदिँदा माघको शीतलहर र कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमुनि कहर काट्न बाध्य हुनुपरेको पीडितको गुनासो छ ।

सप्तरीका १ हजार २ सय ४८ घर दलित तथा विपन्न परिवारको समस्या यस्तै छ ।

दलित तथा अतिविपन्न परिवारका लागि सरकारले आर्थिक वर्ष २०७३/७४ मा १ हजार पक्की घर बनाउने योजना स्वीकृत गरेको थियो ।

नयाँ घर बन्ने भएपछि अधिकांशको घर भत्काइएको छ । कार्यविधि अनुसार सोही आर्थिक वर्षभित्र घर बनाइसक्नुपर्ने थियो ।

तर, १ हजारमध्ये हालसम्म ४१ वटा घर मात्रै गाह्रो लगाउने अवस्थामा पुगेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्