२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मुसिकोटमा अब २४ सै घण्टा खानेपानीको व्यवस्था


0
Shares

सदरमुकाम मुसिकोट नगरपालिकाका १ हजार ४ सय घरधुरीलाई २४सै घण्टा प्रयोग गर्न पुग्ने गरी खानेपानीको व्यवस्था हुने भएको हो ।

नेपाल सरकार, एशियाली विकास बैंक तथा स्थानीय उपभोक्ता समितिले सदरमुकाम बजारसहित चार वटा वडाबासीलाई पुग्ने गरी पिउने पानीको व्यवस्था गर्न बनाएको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

तीन वर्षअघि आयोजनाको काम सुरु गरिए पनि केही ढिला गरी आयोजनाको काम सकिन लागेको हो ।

अहिलेसम्म आयोजनाको ९० प्रतिशत काम सकिएकाले आगामी दुई महिनाभित्रै खानेपानी वितरण गरिने मुसिकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र केसीले जानकारी दिए ।

शुद्ध खानेपानी वितरणका लागि ६ वटा पानीपोखरी, साढे सात लाख लिटर दैनिक पानी भण्डारण गर्न सक्ने पानी टं्याङ्की तथा दुई वटा फिल्टरसमेत निर्माण गरिएको छ ।